सुनको मूल्य घट्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ । आइतबार छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : असार २२, २०८३ सोमबार  १० : ५७ बजे