काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार तोलामा चार हजार पांच सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार पांच सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














