काठमाडौं । चालु आर्थिक वर्ष २०८२–०८३ मा सरकारको कुल खर्च ७८ प्रतिशत मात्र गरेको छ जसमा पुँजीगत खर्च ४० प्रतिशत मात्र भएको छ ।
बजेट खर्च गर्न पाउने अघिल्लो दिन अर्थात असार २४ गते बुधवारसम्म सरकारले बजेटको लक्षको ७८ प्रतिशत मात्र खर्च गर्न सेकेको हो ।
चालु आ।व।का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसमा असार २४ गतेसम्म १५ खर्ब ३१ अर्ब ९७ करोड १५ लाख रुपैयाँ मात्र बजेट खर्च भएको छ ।
चालु आ।व।को बजेट ३ अर्थमन्त्री पौडेल, रामेश्वर खनाल र हालका अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले कार्यान्वयन गर्दा समेत पुँजीगत खर्च हुन सकेको छैन ।
चालु बजेटमा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको छ ।














