काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
आज सुनको मूल्य तोलामा दुई हजार चार सय रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।बुधबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














