सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा दुई हजार सात सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा चार हजार तीन सय ४० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार २६, २०८३ शुक्रबार  ११ : ०२ बजे