सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, असार २८ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

आज सुनको मुल्य तोलामा ६०० रुपैयाँले बढेको हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन दुई लाख ८८ हजार रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ४७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ५१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : असार २८, २०८३ आईतबार  ११ : ०८ बजे