काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि पनि शंकास्पद रूपमा एउटा गाडी पार्क गरेर छाडिएको पाइएको छ।
सोमबार बिहान करिब ७ बजे काठमाडौंको रातोपुलस्थित थापाको निवासको गेटमा बी एसी ९५७५ नम्बरको गाडी राखिएको पाइएको हो ।
यसअघि आजै काठमाडौंका विभिन्न सञ्चारगृहका मूल प्रवेशद्वारअगाडि पनि सवारी साधन पार्क गरेर अवरोध सिर्जना गरिएको थियो। ती सवारी साधनलाई प्रहरीले क्रेन प्रयोग गरी हटाएको थियो।
सभापति थापाको निवासअगाडि पार्क गरिएको गाडीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।














