नेप्सेमा सामान्य अंकको सुधार, कारोबार रकममा वृद्धि



३० असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेमा यस दिन सामान्य सुधार देखिएको छ।

मंगलबार नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३८३ कम्पनीको ५३ हजार ८५४ पटकको कारोबारमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८२ लाख ९३ हजार कित्ता सेयर कारोबार भएको छ।

बैंकिङ ०.०९, विकास बैंक ०.२९, फाइनान्स ०.५१, होटल तथा पर्यटन ०.०८, जलविद्युत् ०.२७, लगानी ०.५४, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ०.२०, अन्य ०.१५ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह मात्रै आज ०.१८ प्रतिशत घट्यो ।उपकार लघुवित्तको मूल्य ९.१९ तथा भगवती हाइड्रोपावरको ५.७७ प्रतिशत मूल्य बढ्यो ।

आज १६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

प्रकाशित मिति : असार ३०, २०८३ मंगलबार  ४ : १८ बजे