यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५४ रुपैयाँ २३ पैसा तोकिएको छ।

यस्तै युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर २०६ रुपषाँ ३७ पैसा निर्धारण गरिएको छ। यता स्विस फ्र्यांक एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा तोकिएको छ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा कायम हुँदा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६६ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा रहँदा जापानी येन १० को खरिददर नौ रुपैयाँ ४७ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा कायम भएको छ।

खाडी मुलुक र अन्य श्रम गन्तव्यतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९० पैसा र बिक्रीदर ४१ रुपैयाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ १५ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३१ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९९ पैसा कायम भएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ २० पैसा र बिक्रीदर ५०१ रुपैयाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ०४ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ४०० रुपैयाँ ५८ पैसा रहेको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ६० पैसा र बिक्रीदर १९ रुपैयाँ ६८ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रीदर १० रुपैयाँ ३२ पैसा तोकिएको छ।

स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५ रुपैयाँ ९३ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४३ पैसा र बिक्रीदर २३ रुपैयाँ ५२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक हुन सक्ने जनाएको छ।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  ७ : ४३ बजे