सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य तोलामा आठ सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार तीन सय ६० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : असार ३१, २०८३ बुधबार  ११ : १९ बजे