काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा चार सय रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ।बुधबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार तीन सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।














