काठमाडौं । आज सेयर बजार भारी अंकले बढेको छ ।
नेप्से परिसूचक ७९.७४ अंकले बढेर २,६७७ को विन्दुमा कायम भएको छ ।
आज ४ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढे । दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढ्यो
आज २५९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको मूल्य घटेको छ ।














