काठमाडौं । नुवाकोटमा खेत पहिरोले बगाउँदा ६ जना किसान घाइते भएका छन्।
विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगाउँदा ६ जना किसान घाइते भएका हुन्।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई जंगलमा पहिरोको बीचबाट उद्धार गरिएको छ। भट्टको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
पहिरो खसेको देखेपछि धेरै किसान भागेकाले ज्यान जोगिएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ।














