पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात सेवा अवरुद्ध



चितवन, साउन २० । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल नजिक आज बिहान पहिरो खस्दा दुईतर्फी नै यातायात सेवा अवरुद्ध भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरुआत गरिएको जानकारी दिए ।

यसका लागि डिभिजन सडक कार्यालयसँग समन्वय गरिएको छ । रासस

प्रकाशित मिति : श्रावण २०, २०८३ बुधबार  ९ : १० बजे