कृष्णभीरमा पहिरो पन्छाउने काम सुरु



काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा अघि बढाइएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मन्त्री लम्सालले यस्तो जानकारी दिएका हुन् ।

उनले पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको र पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन् ।

पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत उनले जनाएका छन् ।

रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनको भनाई छ छ ।

प्रकाशित मिति : भाद्र १८, २०८३ बिहीबार  ११ : ५६ बजे