भोटेककोशी बाढीः १३ सय बढीको मृत्यु, चार हजार ४४ जना अझै सम्पर्कविहीन



काठमाडौं । रसुवाको भोटेककोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको भीषण बाढीमा परी हालसम्म १ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आईतवार साँझ नियमित प्रेश ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।

प्रेस ब्रिफिङमा बोल्दै प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतकमध्ये ९८ जनाको सनाखत भई परिवारलाई हस्तान्तरण गरिसकेको बताइएन्।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित रहेका छन् ।

बाढिमा परि अझै चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् ।

सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका छन्।

प्रकाशित मिति : भाद्र २१, २०८३ आईतबार  ८ : ०२ बजे