सुनको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ।

मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन तोलामा एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार प्रतितोला चार हजार सात सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : आश्विन ७, २०८३ बुधबार  ११ : ५१ बजे