सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं, असोज १९ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला चार हजार ३९० रुपैयाँ कायम भएको थियो।

प्रकाशित मिति : आश्विन १९, २०८३ सोमबार  ११ : ५९ बजे