काठमाडौं । विजया दशमीको अवसरमा सार्वजनिक बिदा भए पनि काठमाडौँ जिल्ला अदालत निश्चित समयका लागि खुल्ला रहने भएको छ ।
काठमाडौँ जिल्ला अदालत बबरमहलले एक सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पनि तोकिएका अत्यावश्यक सेवाहरू प्रवाह गरिने जनाएको हो ।
काठमाडौं जिल्ला अदालतले शुक्रबार जारी गरेको सूचनाअनुसार घटस्थापना, शनिबार, फूलपाती र विजयादशमीको टीकाको दिनबाहेक अन्य दिन अदालत खुला रहनेछ ।











