सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ, कात्तिक १० । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदीको मूल्य रु २५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ८२ हजार ३०० र चाँदीको मूल्य रु तीन हजार ९७० कायम छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ८१ हजार ५०० र चाँदीको मूल्य रु तीन हजार ९९५ कायम भएको थियो ।

प्रकाशित मिति : कार्तिक १०, २०८३ मंगलबार  १२ : ०३ बजे