स्थानीय चुनावलाई ध्यानमा राखेर प्रदेश र जिल्ला अधिवेशनको मिति तय गर्छौँ: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पार्टीका प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरिने बताएका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै केन्द्रीय समिति बैठकमा छलफल गरेर प्रदेश र जिल्लाको अधिवेशनको मिति तय गरिने बताए।

उनले भने, ‘हामीले केही समयपछि प्रदेशको अधिवेशन गर्नुपर्ने छ, जिल्लाको अधिवेशन गर्नुपर्ने छ। अब केन्द्रको बैठक राखेर साथीहरूसँग सल्लाह गर्छु। स्थानीय चुनाव पनि आउँदै छ, त्यसलाई समेत ध्यानमा राखेर तिथिमिति तय गर्छौँ।’

नेपालको इतिहासमा धेरै प्रतिनिधि एकै ठाउँमा भेला भएर सम्पन्न भएको पहिलो अधिवेशन भएको दाबी गरे। अधिवेशनको व्यवस्थापन चुनौतीपूर्ण भए पनि सबैको साथ र सहयोगमा सफलतापूर्वक सम्पन्न भएको उनको भनाइ छ।

प्रकाशित मिति : कार्तिक १०, २०८३ मंगलबार  ३ : ३२ बजे