सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं,कात्तिक १६ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो उतारचढाव देखिएको छ ।

अघिल्लो दिन (आइतबार) प्रतितोला ८ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज (सोमबार) पुनः २ हजार ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य सोमबार प्रतितोला ७० रुपैयाँले बढेर ३ हजार ७२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी १७५ रुपैयाँले घटेर चाँदीको मूल्य प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : कार्तिक १६, २०८३ सोमबार  १२ : ०० बजे