काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विचौलिया प्रकरणमा सरकार, अदालत तथा राज्यका विभिन्न निकायसँग जोडिएका विषयमा निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने बताएका छन्।
सिंहदरबारमा सोमवार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै उनले संसदीय समिति बनाएर निष्पक्ष छानविन गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले अदालत, सरकार र समग्र राज्य संरचनालाई विचौलियामुक्त बनाउनुपर्नेमा सरकार स्वयं विवादमा जोडिएको दाबि गरे ।
सरकार आफै विचौलिय प्रकरणमा जोडिएकोले यसको छानविन सरकारले मात्रै गर्न नसक्ने भन्दै पौडेलले संसदीय समिति बनाएर निष्पक्ष छानबिन गर्न आवश्यक रहेको बताए।










