राजनीतिक दलका बारेमा फैलाइएका भ्रम चिर्न तथ्य र प्रमाणमा आधारित बहस आवश्यकः पूर्वराष्ट्रपति भण्डारी



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका बारेमा फैलाइएका भ्रम र अफवाहहरूलाई तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन ।

काठमाडौंमा बुधवार आयोजित ‘प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी’को दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीहरूलाई देशको राजनीतिक घटनाक्रमबारे सही सूचना प्रवाह गर्न आग्रह गरेकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले कुनैपनि दलले देश र जनताको हितमा गरेका कार्यहरू र हासिल गरेका उपलब्धिहरूको वस्तुनिष्ठ मूल्याङ्कन हुनुपर्ने बताइन् ।

प्रकाशित मिति : कार्तिक १८, २०८३ बुधबार  १ : ५० बजे