जेन–जी आन्दोलन षड्यन्त्र हो, काँग्रेस र एमालेका नेताहरूलाई छानीछानी निशाना बनाइयोः देउवा



काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जेनजी आन्दोलनका क्रममा काँग्रेस र नेकपा एमालेका नेता तथा उनीहरूका घरलाई योजनावद्ध रूपमा निशाना बनाइएको आरोप लगाएका छन्  ।

शनिवार पार्टीको ललितपुर लिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनका क्रममा आफ्नो घर जलाइएको, कृष्णप्रसाद भट्टराईको आश्रममा आगजनी गरिएको र वीपी कोईरालाको पुख्र्यौली घरसमेत जलाइएको बताए ।
आन्दोलनका क्रममा अन्य पार्टीका नेताहरूको घरमा नभई काँग्रेस र एमालेका नेताहरूलाई मात्रै छानीछानी निशाना बनाइएको उनको भनाइ छ ।


देउवाले जेन जी आन्दोलन षड्यन्त्र भएको दोहोर्याए ।

प्रकाशित मिति : कार्तिक २८, २०८३ शनिबार  ६ : ४४ बजे