सर्वोच्चका चार नवनियुक्त न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले चारै जना न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

शपथ ग्रहण गर्नेमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

गत असोज २० गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा कार्यरत यी चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रकाशित मिति : कार्तिक २७, २०८३ शुक्रबार  ४ : ५२ बजे