८१ लाख बढि करदाताले लिए स्थायी लेखा नम्बर



काठमाडौं । कुल स्थायी लेखा नम्बर लिनेको संख्या ८१ लाख नाघेको छ ।

आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार असोज मसान्तसम्म व्यवसायिक, व्यक्तिगत तथा करकट्टी गर्ने निकायले लिएका स्थायी लेखा नम्बर ९प्यान० सहित कुल करदाता संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको छ ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२-८३ को असार मसान्तसम्म विभिन्न प्रकारका स्थायी लेखा नम्बर लिनेको संख्या ७९ लाख १० हजार ८६४ थियो ।

चालु आर्थिक वर्षको तीन महिनामा मात्रै २ लाख ८४ हजार ५५० स्थायी लेखा नम्बर थपिएसँगै कुल संख्या ८१ लाख ९५ हजार ४१४ पुगेको हो ।

तथ्यांकअनुसार व्यवसायिक स्थायी लेखा नम्बर (बी–प्यान) लिने करदाताको संख्या असोज मसान्तसम्म २२ लाख २७ हजार ८३७ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या २१ लाख ७४ हजार ९१२ थियो ।

प्रकाशित मिति : कार्तिक २९, २०८३ आइतबार  २ : ४२ बजे