कुशल भुर्तेलको विस्फोटक ब्याटिङमा पोखराले बनायो एनपीएलको हालसम्मकै उच्च स्कोर



काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई जितका लागि २२५ रनको विशाल लक्ष्य दिएको छ ।

यो एनपीएलको इतिहासमा कुनै पनि टिमले बनाएको हालसम्मकै उच्च स्कोर हो।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनायो।

उसका लागि कुशल भुर्तेल र युवराज सिंह साम्राले उत्कृष्ट पारी खेले।

कुशलले ५१ बलमा ८ चौका र ८ छक्कासहित ९९ रन र युवराजले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रनको पारी खेलेका हुन्।

यस्तै, कप्तान चमिका करुणारत्नेले अविजित १९ रन बनाए भने ओपनर अर्जुन कुमालले ५ रन बनाए।

प्रकाशित मिति : कार्तिक २९, २०८३ आइतबार  ७ : ११ बजे