मंसिरका लागि पनि आधा दर्जन बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?



काठमाडौं । गत वर्षदेखि नै निक्षेपको ब्याजदर निरन्तर घटाउँदै आएका वाणिज्य बैंकले मंसिरका लागि पनि घटाएका छन् । प्रकाशित सूचनाअनुसार २० मध्ये आधा दर्जन वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।

२० वाणिज्य बैंकमध्ये १४ ओटाले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्

मंसिरका लागि सबैभन्दा बढी ब्याजदर घटाउनेमा एनआइसी एसिया रहेको छ । उक्त बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतले ब्याजदर घटाएको हो । मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा एनआइसी एसियाले अधिकतम ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ । बैंकले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ ।

मंसिरमा माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५० प्रतिशतबाट घटाएर ३.५० प्रतिशतमा झारेको छ। त्यस्तै, कृषि विकास बैंकले ४.१५ प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत, कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत कायम गरेका छन्।

कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिने १४ बैंकमा एभरेष्ट, नेपाल, नेपाल एसबीआई, ग्लोबल आइएमई, प्राइम कमर्सियल, सिटिजन्स, प्रभु, हिमालयन, सिद्धार्थ, नबिल, सानिमा, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेस्टमेन्ट मेगा ९एनआईएमबी० र एनआईसी एसिया बैंक रहेका छन्।

कात्तिकको तुलनामा मंसिर महिनामा बैंकहरूको औसत ब्याजदर घटेको छ । व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर, कात्तिकको तुलनामा मंसिरमा ०.१६ प्रतिशतले घटेको छ । कात्तिकमा बैंकहरूले औसत ५.२० प्रतिशतले ब्याज दिएकामा मंसिरमा ५.०४ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि ०.०७ प्रतिशतले घटाएका छन् ।

प्रकाशित मिति : कार्तिक ३०, २०८३ सोमबार  ५ : १८ बजे