काठमाडौं । तीन देशका लागि नवनियुक्त राजदुतहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदुतहरूले शपथ लिएका हुन् ।
भारतका लागि राजदुत डा। निश्चलराज पाण्डे, चीनका लागि राजदुत डा।कल्याणराज शर्मा र इजरायलका लागि राजदुत सुरेश कर्णले शपथ लिए ।
मन्त्रिपरिषदको सिफारिसमा संसदीय सुनुवाई समितिले उनिहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले उनिहरुलाई राजदुत पदमा नियुक्त गरेका थिए ।










