राष्ट्रिय कर दिवस : उत्कृष्ट करदातालाइ सरकारको सम्मान (सूचीसहित)



काठमाडौं । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा सरकारले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिरी राज्यको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई मंगलबार विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

विभागका अनुसार व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् भने संस्थागततर्फ सूर्य नेपाल प्रालिले सर्वोत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ ।

यस वर्ष सम्मानित हुने करदातामा उद्योग, व्यापार, सेवा, वित्तीय तथा बीमा क्षेत्रका विभिन्न संस्था रहेका छन् । वस्तु निर्याततर्फ डाबर नेपाल प्रालि र विशेष उद्योगतर्फ बरुण बेवरेज नेपाल प्रालि सम्मानित भएका छन् । एकलौटी फर्मतर्फ थर्ड आइ इन्टरनेसनलले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।

त्यस्तै, कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ ओसिबि फुड्स प्रालि, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी प्रालि र वस्तु व्यापारतर्फ सिजी इम्पेक्स प्रालि सम्मानित भएका छन् । सूचना प्रविधि सेवा निर्याततर्फ इनफाईनाई सर्भिसेज उत्कृष्ट करदाता बनेको छ ।

वित्तीय तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाएको छ । बीमा व्यवसायअन्तर्गत जीवन बीमातर्फ लाइफ इन्स्योरेन्स लिमिटेड र निर्जीवन बीमातर्फ सिद्धार्थ बीमा कम्पनी सम्मानित भएका छन् । लघुवित्ततर्फ छिमेकी लघुवित्त तथा रेमिटेन्स र मनी ट्रान्सफरतर्फ आइएमई लिमिटेड उत्कृष्ट करदाता घोषित भएका छन् ।

कारोबारको आकारका आधारमा छुट्याइएका समूहमा वार्षिक ५० करोड रुपैयाँसम्म कारोबार गर्ने कम्पनीतर्फ इम्पेरियल सेक्युरिटी प्रालि र ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने समूहमा फुड खण्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि सम्मानित भएका छन् ।

सेवा क्षेत्रअन्तर्गत पर्यटन व्यवसायमा सोल्टी होटेल लिमिटेड तथा स्वास्थ्य र शैक्षिक संस्थातर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडले उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेका छन् । त्यसैगरी, मूल्य अभिवृद्धि करतर्फ हिमालयन डिस्टिलरी प्रालि उत्कृष्ट करदाता बनेको छ ।

यस वर्ष भाटभटेनी सुपरमार्केटले विशेष सम्मान प्राप्त गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिएको, रोजगारी सिर्जना गरेको र राज्यको राजस्वमा योगदान पुर्‍याएको भन्दै कम्पनीलाई विशेष सम्मान प्रदान गरिएको विभागले जनाएको छ ।

यी हुन् उत्कृष्ट करदाता

निकायहरूतर्फ : सूर्य नेपाल प्रालि

– एकलौटी फर्मतर्फ : थर्ड आई इन्टरनेशनल

– वस्तु निर्याततर्फ : डाबर नेपाल प्रालि

– सूचना प्रविधि सेवा निर्याततर्फ : इन्फाइनाइट सफ्टवेयर सर्भिसेस नेपाल

– कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फस्सी :बी फुड्स एन्ड फिड्स प्रालि

– बैंकिङ क्षेत्रतर्फ : नबिल बैंक लिमिटेड

– स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ : नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड

– पर्यटन व्यवसायतर्फ : सोल्टी होटल लिमिटेड

– वस्तु व्यापारतर्फ : सीजी इम्पेक्स प्रालि

– ऊर्जामूलक उद्योगतर्फ : भोटेकोशी पावर कम्पनी प्रालि

– रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ : आईएमई लिमिटेड

– व्यक्तिगत आयतर्फ : राजबहादुर शाह

– मूल्य अभिवृद्धि करतर्फ : हिमालयन डिष्टिलरी लिमिटेड

– विशेष उद्योगतर्फ : वरुण बेभरेज नेपाल प्रालि

– जीवन बीमा क्षेत्रतर्फ : लाइफ इन्स्योरेन्स कर्पोरेसन ९नेपाल० लिमिटेड

– निर्जीवन बीमा क्षेत्रतर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

– लघुवित्त क्षेत्रतर्फ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

– विशेष सम्मानतर्फ : भाटभटेनी सुपर मार्केट

– ५० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्ये : इम्पेरियल सेक्युरिटिज कम्पनी लिमिटेड

– ५० करोडदेखि १०० करोड रुपैयाँसम्म वार्षिक कारोबार गर्ने करदातामध्येस् फुड एन्ड बेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि

प्रकाशित मिति : मंसिर १, २०८३ मंगलबार  १२ : ४७ बजे