काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ।
बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँ थियो। तिहारअघि कात्तिक २३ गते सुन प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
तिहार बिदापछि कात्तिक २७ गते बजार खुल्दा नै सुनको मूल्य एकैपटक १२ हजार ६०० रुपैयाँले घटेर प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँ कायम भएको थियो। त्यसयता सुनको मूल्य निरन्तर घटिरहेको छ।
तिहारअघिको मूल्यसँग तुलना गर्दा बुधबारसम्म सुन प्रतितोला २३ हजार ४०० रुपैयाँले सस्तिएको छ।










