काठमाडौं, मंसिर २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुनः सरकारमा फर्किने दाबी गरेका छन् ।
पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हून् । उनले एमाले कसैको दया, माया र कृपाले नभई संघर्ष र जनताको समर्थनबाट सत्तामा पुगेको बताए । उनले प्रतिक्रियावादी, जनविरोधी तथा देशको अहित चाहने शक्तिले चौतफी घेराबन्दीमा पारेर असंवैधानिक बाटोबाट सत्ताबाट हटाएपनि फेरि सत्तामा पुग्ने दाबी गरे ।
उनले भने, संवैधानिक बाटोबाटै हामी मूल गेटबाट सिंहदरबार पस्छौँ, जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेटरबाट होइन । मूल ढोकाबाट, मूल बाटोबाट एमाले सिंहदरबार पस्छ भनेर हामीले भनेका थियौँ । फेरि पस्यौँ । फेरि पनि म भन्न चाहन्छु,










