काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसिया–प्रशान्त आर्थिक सहयोग ९एपेक० शिखर सम्मेलनमा सहभागी हुन बुधवार चीनको शेन्जेन पुगेका छन् ।
यो सन् २०२६ मा उनको चीनको दोस्रो भ्रमण हो। यसअघि मे महिनामा उनले बेइजिङको राजकीय भ्रमण गरेका थिए ।
मे महिनाको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुई देशको सम्बन्धलाई रणनीतिक स्थिरतासहित रचनात्मक दिशामा अघि बढाउने सहमति भएको थियो ।
यसपटकको भ्रमणमा पनि दुई नेताबीच द्विपक्षीय शिखर बैठक हुने अपेक्षा गरिएको छ। यस वर्ष दुई नेताबीच हुन लागेको यो तेस्रो शिखर भेट हुनेछ ।
चीन भ्रमण अमेरिकी घरेलु राजनीतिका दृष्टिले पनि महत्वपूर्ण समयमा भएको छ ।










