कानूनलाई राजनीतिक प्रतिशोधको साधन बनाए आन्दोलन गर्छौं : विद्यादेवी भण्डारी



काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले सरकारका गतिविधिहरु निरङ्कुश, स्वेच्छाचारि, अराजक र प्रतिशोधपूर्ण हुँदै गएको आरोप लगाएकि छन् ।

राष्ट्रिय भेलाको दोस्रो दिन बिहीवार सम्बोधन गर्दै भण्डारीले सरकार फरक मतलाई बन्देज गर्न अग्रसर भएको आरोप लगाएकि हुन् ।

उहाँले निरङ्कुशता, स्वेच्छाचारिता र अराजकता एमालेलाई स्वीकार्य नहुने दाबि गरिन्।

संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि आफ्नो पार्टी आन्दोलनमा उत्रिन तयार रहेको उनको भनाई छ ।

प्रकाशित मिति : मंसिर ३, २०८३ बिहिबार  १२ : ५२ बजे