३ मंसिर,काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि मुछिएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा उनको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी गरेको छ।
उच्च स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि अर्याल सम्पर्कविहीन भएका छन्। ठगी प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि उनी सम्पर्कमा नरहेको स्रोतले जनाएको छ।










