काठमाडौं, मंसिर ३ । चीनका लागि नेपालका नवनियुक्त राजदूत डा। कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका छन्।
उनि मंगोलियाका लागि नेपालको गैरआवासीय राजदूतसमेत छन्।
राजदूत नियुक्त डा। शर्मा आज बेइजिङस्थित दाशिङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा चीनका लागि नेपाली उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका वरिष्ठ अधिकारी तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
बेइजिङस्थित नेपाली दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार डा। शर्माले आजै दूतावासमा आफ्नो जिम्मेवारी सम्हलेका हुन् ।










