१६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा,४४ करोड १० लाख बजेट स्वीकृत



काठमाडौं । दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, अधिकतम ७२ करोड खर्च हुने ृभिडियोे

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव रामचरित्र मेहताले कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित पत्रकार अन्तरक्रियामा उनले प्रतियोगिताका लागि अधिकतम ७२ करोड रुपैयाँ खर्च गर्ने लक्ष्यसहित तयारी अघि बढाइएको जानकारी दिए।

सदस्यसचिव मेहताका अनुसार प्रतियोगिताका लागि सुरुवाती रूपमा ४४ करोड १० लाख रुपैयाँ बजेट स्वीकृत भएको र आवश्यकताअनुसार विभिन्न शीर्षकबाट रकमान्तर गरी ७२ करोड रुपैयाँसम्म खर्च गर्न सकिने गरी स्वीकृति प्राप्त भएको छ। अनावश्यक खर्च कटौती गर्दै मितव्ययितालाई प्राथमिकता दिइने र सबै खरिद प्रक्रिया प्रचलित विधिअनुसार अघि बढाइएको उनले स्पष्ट पारे। प्रतियोगिताका लागि पूर्वाधार निर्माण तथा मर्मतको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उनले केही खेलस्थलमा टायल बिछ्याउने, कार्पेटिङ, रङ्गरोगन र प्रकाश व्यवस्थापनको काम धमाधम भइरहेको बताए।

खेलाडी छनोट प्रक्रिया लगभग टुङ्गिएर खेलाडीहरू बन्द प्रशिक्षणमा रहेको मेहताले जानकारी दिए। उद्घाटनअघि नै सुरु हुने खेलका खेलाडीलाई समयमै प्रतियोगिता स्थलमा पठाउने तयारी भइरहेको छ। खेल सङ्घहरूबीच देखिएको आन्तरिक विवादले खेलाडीको भविष्यमा असर नपरोस् भनेर वैकल्पिक समितिमार्फत समेत छनोट प्रक्रिया अघि बढाइएको उनको भनाइ छ। यसपटक दशौँ राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलमध्ये ‘ई–स्पोर्ट्स’ लाई पनि समेटिएको छ भने ११ औँ टोलीका रूपमा सहभागी हुने गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को सहभागिता सबै खेलमा नरहने राखेपले जनाएको छ।

प्रतियोगिताका लागि यातायात तथा प्रचारप्रसार व्यवस्थापनमा समेत तीव्रता दिइएको सदस्यसचिव मेहताले बताए। मंसिर १४ देखि १७ गतेसम्म सुर्खेतका लागि हवाई उडान सङ्ख्या दोब्बर बनाउने विषयमा सम्बन्धित निकायसँग पत्राचार भइरहेको र प्रचारप्रसारका लागि मंसिर ८ देखि १६ गतेसम्म मोबाइल रिङटोन बजाउने तथा १४ गतेदेखि सन्देश पठाउने तयारी गरिएको छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रतियोगिता सञ्चालनका विषयमा कुनै असमझदारी नरहेको दाबी गर्दै मेहताले वीरेन्द्रनगर नगरपालिकाले पाँचवटा स्वागतद्वार निर्माण गर्नुका साथै आवश्यक सवारीसाधन र एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिए। निर्णायक व्यवस्थापनलाई वैज्ञानिक बनाउन प्राविधिक समितिसँग छलफल भइरहेको उल्लेख गर्दै उनले प्रतियोगितालाई सबै नेपालीको साझा उत्सवका रूपमा सफल पार्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताए।

कर्णाली प्रदेशमा आगामी मंसिर १६ गतेदेखि सुरु हुने दशौँ राष्ट्रिय खेलकुदमा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक जित्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने भएको छ ।

बिहीबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले प्रतियोगिताको बारेमा जानकारी दिन पत्रकार सम्मलेन आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रतियोगितामा व्यक्तिगत प्रतिस्पर्धातर्फ स्वर्ण पदक विजेता खेलाडीले २० हजार रुपैयाँ दिइने जनाइएको हो ।

त्यसैगरी, रजत पदक विजेताले १५ हजार रुपैयाँ र कास्य पदक विजेताले आठ हजार रुपैयाँ पाउनेछ । यसका साथै, टिम प्रतिस्पर्धातर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः १५ हजार, १० हजार र आठ हजार प्रदान गरिनेछ । राखेपले यस विधामा रजत र कास्य जित्नेलाई पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा ३२ खेल समावेश छन् । जसमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य गरी कुल १३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : मंसिर ३, २०८३ बिहिबार  ६ : ०८ बजे