काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह आईतवार अपरान्ह नयाँ दिल्ली पुगेका हुन् ।
प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो ।
भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले आईतवार नै उनिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।










