भारत भ्रमण सकेर प्रधानमन्त्री साह स्वदेश फिर्ता



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह स्वदेश फर्किएका छन् ।

सोमवार साँझ दुई दिने भारतको राजकीय भ्रमण सकेर साह त्रिभूवन अन्तर्राीष्ट्रय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।

भारत भ्रमणका क्रममा साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेट गरे ।

भारतीय प्रधानमन्त्री मोदीसँगको भेटका क्रममा साहले नेपाल र भारतबीच ऊर्जा, यातायात, प्रविधि र पूर्वाधार विकासलाई केन्द्रमा राखेर सहकार्यका नयाँ परियोजना अघि बढाएका छन्। दुई देशबीच विभिन्न आठ क्षेत्रमा समझदारी हुनुका साथै महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाको उद्घाटन र शिलान्यास समेत भएको छ ।

प्रकाशित मिति : मंसिर ७, २०८३ सोमबार  ७ : ३० बजे