जनकपुरधाम। भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सीधा रेल सेवाले जोड्ने उद्देश्यसहित सञ्चालनमा आएको ‘सरयू(कमला एक्सप्रेस’ मार्फत पहिलोपटक अयोध्याबाट जनकपुरधाम आइपुगेका यात्रुहरूको यहाँ भव्य स्वागत गरिएको छ।
प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेको यस विशेष रेल सेवाको पहिलो यात्रा अन्तर्गत अयोध्याबाट आएका हजारभन्दा बढी तीर्थयात्री तथा पर्यटकहरूलाई जनकपुरधाम रेल्वे स्टेसनमा न्यानो आतिथ्य प्रदान गरिएको हो।
स्वागत कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, श्रममन्त्री रामजी यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह लगायत स्थानीय बासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।










