कुमारी बैंकलाइ भिसा इन्टरनेसलद्वारा दुई विधामा सम्मान



काठमाडौँ । भिसा इन्टरनेसल द्वारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा कुमारी बैंक लिमिटेड ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन् क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको छ ।

कुमारीको सीमापार कारोबार तथा उपभोक्ता क्रेडिट कार्ड व्यवसाय क्षेत्रमा हासिल गरेको उल्लेखनीय कार्यसम्पादनलाई उच्च रूपमा मूल्याङ्कन गर्दै सम्मान गरिएका ेहो ।

लगातार तीन वर्ष देखि प्राप्त गरेको उक्त सम्मानले अन्तर्राष्ट्रिय भुक्तानी सेवाको विस्तार, सीमापार कारोबारको प्रवद्र्धन तथा ग्राहककेन्द्रित कार्ड सेवामार्फत हासिल गरेको व्यवसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गरेको बैंकले जनाएको छ ।

डिजिटल भुक्तानी प्रणालीले विश्वव्यापी रूपमा कारोबार, यात्रा तथा वित्तीय पहुँचको स्वरूप परिवर्तन गरिरहेको वर्तमान परिवेशमा कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई सुरक्षित, सहज तथा नवीन भुक्तानी समाधान उपलब्ध गराउँदै आएको छ । विशेषगरी भिसा कार्डमार्फत प्रदान गरिएका सेवाहरू तथा अन्तर्राष्ट्रिय कारोबारसम्बन्धी सुविधाहरूलाई थप प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर सक्रिय रहेको छ ।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरूमा पनि आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका २७९ शाखा सञ्जाल, २९५ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक, सहज तथा गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । साथै, डिजिटल बैंकिङ्ग तथा भुक्तानी सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणमा समेत महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित मिति : मंसिर ९, २०८३ बुधबार  २ : १७ बजे