निर्वाचन आयोगले अद्यावधिक गर्‍यो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति



काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गरेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरिएको पुष्टि गरेका हुन् ।

गत असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापा सभापति पदमा निर्वाचित भएका थिए । सोही महाधिवेशनबाट २० पदाधिकारीसहित कुल २३१ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

प्रकाशित मिति : मंसिर ९, २०८३ बुधबार  ३ : २० बजे