पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि आज अदालत लगिँदै



काठमाडौं। मलेसिया जाने श्रमिकसँग गैरकानुनी रूपमा रकम असुल गरेको अभियोगमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि आज शुक्रबार काठमाडौं जिल्ला अदालत लगिँदै छ।

अर्याललाई बिहीबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो। त्यसपछि उनलाई हवाईजहाजमार्फत भारतको सिलगुढीस्थित बागडोगरा विमानस्थल पुर्‍याइएको थियो। बागडोगराबाट पूर्वी नाका हुँदै विराटनगर विमानस्थल पुर्‍याइएका अर्याललाई बिहीबार अपराह्न काठमाडौं ल्याइएको हो।

प्रकाशित मिति : मंसिर ११, २०८३ शुक्रबार  ११ : ०६ बजे