पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने काँग्रेसको चेतावनी



काठमाडौं । नेपाली काँग्रेसले पार्टीको नाम र चुनाव चिन्ह दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा काँग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीको नाम र चिन्हको दुरुपयोग गर्न विरुद्ध कानूनी उपचार गर्ने बताएका हुन् ।
पार्टीको नाम, लेटरप्याड, झण्डा तथा चुनाव चिह्न ‘रुख’ अनधिकृत रूपमा प्रयोग गर्ने व्यक्ति तथा समूहविरुद्ध कानूनी कारबाही अघि बढाउने निर्णय काँग्रेसको केन्द्रिय समितिले गरेको उनले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १२, २०८३ शनिबार  ५ : ३८ बजे