वैधानिकता विवाद सकियो,अब प्रदेश र जिल्ला अधिवेशन हुन्छ : महामन्त्री राणा



काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर काँग्रेसको १५ औँ महाविधेशनबाट निर्वाचित केन्द्रिय समितिलाई अध्यावधिक गर्न केही ढिलाई गरेको आरोप लगाएका छन्  ।


शनिवार पार्टी मुख्यालय सानेपामा केन्द्रिय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले आयोगले अध्यावधिक गरेपछि काँग्रेसको वैधानिकता सम्बन्धि विवाद अब सकिएको दाबी गरे ।

उनले अदालतले तोकेको मितिअनुसार नै पार्टीको महाधिवेशन सम्पन्न गरिएको दाबी गर्दै प्रदेश र जिल्ला अधिवेशन पनि छिट्टै गरिने जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १२, २०८३ शनिबार  ६ : ०३ बजे