नेपालि कांग्रेसद्वारा नव वर्ष २०७६ सबै नेपालिहरुका लागि शान्ति,सद्भाव र प्रगतिको बर्ष बनोस भन्ने शुभकामना ब्यक्त



नयाँ बर्षको पूर्व सन्ध्यामा –

नेपाली कांग्रेसले नव वर्ष २०७६ सालको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्दै  बिज्ञप्तिमार्फत नव वर्ष २०७६ सबै नेपालिहरुका लागि शान्ति,सद्भाव र प्रगतिको बर्ष बनोस भन्ने कामना गरेको छ ।

पार्टीका तर्फबाट शुभकमाना बिज्ञप्ती जारी गर्दै सभापती शेरबहादुर देउवाले नेपाली कांग्रेस देशलाई एकता, शान्ति र समृद्धिको बाटोमा अघि बढाउन, लोकतन्त्र र विकासको एजेण्डामा संगठित गर्न र हाम्रा गाउँ—नगरमा शान्ति, सामाजिक सद्भाव र एकता सुदृढ बनाउन तथा बलियो राष्ट्र र सुदृढ नेपाली राष्ट्रियताको जगमा आर्थिक विकासको दिगो आधार स्थापना गर्दै नागरिकको गुणस्तरीय जीवनयापनका लागि क्रियाशील रहेको र कांग्रेसकै नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा भइ सकेकाले आगामी बर्ष सहमति, सहकार्य र एकताको माध्यमबाट नै मुलुकले थप बिकाश र अग्रगती पाउने बिश्वाश ब्यक्त गरेका छन ।

नव वर्ष २०७६ ले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने कांग्रेसले बिश्वाश लिएको कांग्रेस द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार  १ : १८ बजे