काठमाडौं वैशाख, २–
विरोधमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास र प्रधानन्यायाधीश निवासको जग्गा बिक्रीको बिरोधमा प्रदर्शन गरेको छ ।
सोमबार रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो । विवेकशील साझाले सरकारी जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा आज प्रधानमन्त्री निवासअघि एक घण्टा प्रदर्शन गरेको हो ।
पार्टीका प्रवक्ता सूर्यराज आचार्यले कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि नै विरोध प्रर्दशन गर्नु परेको बताए । उनले विरोध प्रर्दशनको माध्यमबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दबाब दिनु पार्टीको उद्देश्य रहेको प्रष्ट पारे ।
प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।
प्रदर्शनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थिए ।








