आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य



नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ ।निगमले आज बिज्ञप्ती जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको जानकारि दिएको हो ।

घटेको मुल्य अनुसार अब पेट्रोल लिटरको १७५ तथा डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पर्नेछ ।

निगमले हवाई इन्धनको मूल्य पनि घटाएकोको छ । आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर ९करिब प्रतिलिटर ३० रुपैयाँ० घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।

प्रकाशित मिति : पुस २४, २०७९ आइतबार  ८ : ४० बजे