भोली देशैभर धर्मनिरपेक्षता लेखिएका प्ले–कार्ड र ब्यानर जलाउछौ : राप्रपा अध्यक्ष कमल थापा



काठमाडौं, बैशाख ५/ २०७६-

 

राप्रपा नेपालका अध्यक्ष कमल थापाले बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राप्रपा नेपालाले उठाएका मागबारे सरकार गम्भीर नभएको आरोप लगाएका छन । हामीले फागुन मसान्तभित्र हाम्रा माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्यौ तर सरकारले अहिलेसम्म हाम्रा मागलाई सकारात्मक रुपमा लिनु त परैको कुरा भयो, पूर्ण रुपमा उपेक्षा गरेको छ त्यसैले अब जना दबाब नै अन्तिम बिकल्प हो उनले भनेका छन ।

हालै राप्रपा नेपालले गरेको मेची–महाकाली यात्रा जनदबाबकै एउटा शृङ्खला भएको भन्दै उनले संघर्षका कार्यक्रम अझै जारी रहेको र भोलि वैशाख ०६ गते देशैभरी व्यापक जनसहभागितामा धर्मनिरपेक्षता लेखिएको प्ले–कार्ड र ब्यानर जलाउने कार्यक्रम रहेको बताए ।

धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र को विरोध गर्ने वैचारिक स्वतन्त्रता आफुहरुलाई भएको र राप्रपा नेपालाले संविधानलाई नै अस्विकार नगरेको उल्लेख गर्दै नेपालमा धर्मनिरपेक्षता बाहृय शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको उनले आरोप लगाए ।

पछिल्लो समय धर्मनिरपेक्षताको नाममा नेपालमा सनातन धर्म र संस्कृतिमाथि आक्रमण भैरहेको आरोप लगाउदै धर्म परिवर्तन र संस्कृतिमाथिको आक्रमण रोक्न पनि धर्मनिरपेक्षता खारेज हुनुपर्ने अध्यक्षा थापाले बताए ।

प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार  २ : ४२ बजे